एक्कासी किन जान लागे देउवा सिंगापुर - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एक्कासी किन जान लागे देउवा सिंगापुर



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । बुधबार साँझ स्वास्थ्य उपचारको लागि देउवा सिंगापुर जान लागेका हुन् ।

सिंगापुर जानु अघि सभापति देउवाले काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए ।

यही जेठ १५ गते मुलुकमा आगामी आर्थिक वर्षको बजेट ल्याईँदै छ । स्वास्थ्योपचार गरेर सभापति देउवा सिंगापुरबाट १३ गते साँझ फर्किने नेपाली काँग्रेसले जनाएको छ ।

पार्टीको तर्फबाट राष्ट्रिय जागरण अभियान मध्य भागमा चलिरहेको र छायाँ सरकार गठन गरेको दुई दिनपछि नै सभापति देउवा सिंगापुर जानुलाई विभिन्न शंका उपशंकाको दृष्टिले हेरिएको छ ।