हिमाल पोष्ट / भक्तपुर, २ पुस । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले शुक्रबारदेखि तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ ।
अभियान आगामी माघ ५ गतेसम्म सञ्चालन हुने छ । जिल्लाका छ नगरपालिकाका सबै वडा कार्यालयमा दुई दिनका दरले ९३ स्थानमा नामावली सङ्कलन केन्द्र राखेर मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गरिने छ । मतदातालाई वडा कार्यालयमार्फत सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो ।
विसं २०७० को संविधानसभा निर्वाचनअघि यहाँ एक लाख ४९ हजार पाँच सय ५८ अर्थात् कुल जनसङ्ख्याको ५३.६७ प्रतिशत मतदाता थिए । रासस