बाल रोग विशेषज्ञ डा विमल अग्रवालको निधन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बाल रोग विशेषज्ञ डा विमल अग्रवालको निधन



काठमाडौं । विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा विमल अग्रवालको निधन भएको छ । वैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा अग्रवालको उपचारकाक्रममा मंगलबार राति १०।५८ मा निधन भएको अस्पतालले जनाएको छ ।

कोसी अस्पतालमा ६ वर्षदेखि कार्यरत अग्रवाललाई मष्तिष्कघात भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

डा अग्रवालमो उपचारमा वरिष्ठ न्यूरो फिजिसियन डा डिल्लीराम काफ्ले, वरिष्ठ न्यूरो सर्जन डा प्रकाश काफ्ले, वरिष्ठ मुटु रोग विषेशज्ञ डा राजेश नेपाल सहभागी थिए । परिवारले चिकित्सकको लापरवाहीका कारण निधन भएको आरोप लगाएको छ । ४३ वर्षीय डा अग्रवाल पूर्वीक्षेत्र कै चर्चित बालरोग विषेशज्ञ हुन् ।