विप्लव समूह र प्रहरीको दोहोरो भिडन्त - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

विप्लव समूह र प्रहरीको दोहोरो भिडन्त



भोजपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्तासँगको दोहोरो मुठभेडमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।

हतियारधारी विप्लव समूह र प्रहरीबीच दोहोरो मुठभेड हुँदा विप्लव समूहका कार्यकर्ता षडानन्द नगरपालिका–२ कुदाक काउलेका तिर्थराज घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । उनको साथमा हतियारसमेत फेला परेको प्रहरीको भनाइ छ ।

फाइल तस्बिर