सुपा देउराली दर्शन गरी फर्किदा बस दुर्घटना,१५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीकाे सुपाखाेला पुल नजिकै गाडि दुर्घटना भएकाे छ । रूपन्देहीबाट सुपादेउराली मन्दिर पुजामा अाएकाे गाडि पुजा सकिएपछि फर्केेेर जादा दुर्घटना भएकाे हाे । लु १ ख ७९४१ नम्बरकाे बस दुर्घटना हुदा १५ जना घाइते भएका छन ।
ब्रेक फेल भएपछि गाडि सड्ककाे भित्तामा लगेर ठाेकिएपछि ठुलाे दुर्घटनाबाट बचेकाे प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाेे छ।
घाईतेहरूकाे प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भईरहेकाे प्रहरीले बताएकाे छ ।

