चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई तीन महिना कैद - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई तीन महिना कैद



काठमाडौ – चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाण्डु जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए । सापटी लिएको रकम तिर्न खुश्बुले कट्वाललाई चेक दिएकी थिइन् ।

विनिमयपत्र अधिकारसम्बन्धी ऐन २०३४ अनुसार दायर मुद्दामा अदालतले ३६ लाख भराउन पनि आदेश गरेको काठमाण्डु जिल्ला अदालतका मुद्दा शाखाका अधिकृत टिकासिंह खत्रीले जानकारी दिए ।