९ जनाको हत्या भएको घटनास्थल नजिकै झुण्डिएको अवस्थामा एक युवकको शव फेला

काठमाडाैँ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँमा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।
युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ ।
आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थल पुगेर अनुसन्धान गरेपछि थप कुरा आउने प्रहरीले बताएको छ ।

