मोदीको टिभि बन्द - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मोदीको टिभि बन्द



नयाँदिल्ली –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी र्याली र चुनावी प्रचार गरिरहेको भारतीय जनता पार्टी प्रायोजित नमो टिभि अन्नतत बन्द भएको छ ।

भारतीय संच्चार माध्यम एनडीटिभिले सुत्रले दिएको जानकारी अनुसार लेखेको छ, १७ मईको नमो टिभि बन्द भएको छ । जब लोकसभा चुनावको सारा प्रचार अभियान सकियो ।

यो च्यानल ३१ मार्चको शुरु भएको थियो भने यस च्यानलले शुरु भएको चरणमै विवादमा आएको थियो । गापनीयताको सर्तमा बीजेपीका एक नेताले भने,नमो टिभि लोकसभा चुनावको प्रचार गर्ने अभियानमा ल्याइएको थियो । चुनाव सकिएपछी अब यसको केही आवश्यकता छैन । जव मई १७ मा सारा प्रचार सकियो त्यसपछी यस च्यानललाई बन्द गरेउ ।

चुनाव प्रचारको अवधि सकिएपछी पनि नमो टिभिले चसनावी प्रचारको सामाग्री प्रशारित गरेको भन्दै चुनाव आयोगले नोटीस पठाएको थियो ।