संखुवासभामा हावाहुरीको बितण्डा- २ दर्जन घरमा क्षति - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

संखुवासभामा हावाहुरीको बितण्डा- २ दर्जन घरमा क्षति



संखुवासभा । संखुवासभामा हिजो साँझ वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ ।

एक्कासी असिना पानीसँगै आएको हावाहुरीले खाँदबारी नगरपालिका क्षेत्रभित्र मात्र करिब २ दर्जनभन्दा बढी घरटहरामा क्षति पुर्‍याएको छ । एक दर्जनभन्दा बढी घरका छानो उडाएको छ भने बालीनालीमा समेत क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि हावाहुरीले क्षति पु¥याएको खबर आए पनि क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।