कान्समा सहभागी पहिलो नेपाली कलाकार प्रियंका - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कान्समा सहभागी पहिलो नेपाली कलाकार प्रियंका



लन्डन  : फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा पहिलोपटक नेपाली कलाकारको सहभागिता भएको छ । नेपाली अभिनेत्री प्रियंका कार्कीले कान्समा भाग लिएकी छन् ।

हलिउड र बलिउड स्टारसहित संसारभरका सेलिब्रिटी आइकनका साथमा पहिलोपटक नेपाली अभिनेत्री पनि यो फेस्टिभलको रेड कार्पेटमा सहभागी भएको खबर प्राप्त भएको छ ।  प्रियंकाले सामाजिक संजालमा तस्बिर सेयर गर्दै खुसि ब्यक्त गरेकी छन् ।

संसारकै सबैभन्दा प्रख्यात तीन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्येको एक मानिने कान्स फिल्म फेस्टिभलको ७२औं संस्करण मे १४ देखि २५ तारिखसम्म चलिरहेको छ।

कान्समा पहिलोपटक नेपालको एम्बासडरका रुपमा प्रियंकाले प्रतिनिधित्व गरेकी हुन् उनले सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने विभिन्न चार वटा इभेन्टमा भाग लिनेछिन्।

फेस्टिभलका लागि अहिले फ्रान्समा रहेकी प्रियंकाले इन्स्टाग्राममार्फत आफ्नो उत्साह व्यक्त गरेकी छन्। फेस्टिभल स्थलमै खिचाएको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु मेरो लागि ठूलो सौभाग्य हो। विगत लामो समयदेखि यो रेड कार्पेटमा संसारका प्रसिद्ध कलाकारलाई देखिरहँदा मभित्र पनि एक दिन यहाँसम्म पुग्नेछु भन्ने सपना थियो।’

यस वर्षको कान्स फेस्टिभलमा बलिउडबाट दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्य राय, सोनम कपुरलगायतका चर्चित अभिनेत्री सहभागी हुँदैछन्।

सन् १९४६ देखि सुरु भएको यो प्रतिष्ठित फिल्म फेस्टिभलमा संसारभरका चलचित्र, लघुचलचित्रको प्रदर्शनका साथै विभिन्न विधामा अवार्डसमेत वितरण गर्ने गरिन्छ।