नेकपामा सुरु भयो वैचारिक युद्ध - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

नेकपामा सुरु भयो वैचारिक युद्ध



काठमाडौं– नागरिकता विधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थाई कमिटी सदस्य भीम रावलको फरक–फरक विचार सार्वजनिक भएसँगै नेकपा भित्रको मतान्तर बाहिरिएको हो ।

नेता श्रेष्ठले नागरिकता विधेयकमा भएका धेरै प्रावधान संविधान प्रदत्त भएको हुँदा सतही विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । विधेयकमा प्रस्तावित भएको व्यवस्था गलत भए संविधानको मर्म र भावनालाई हेरेर संशोधन गर्न सकिने बताए । तर नेकपाका नेता भिम रावलले विधेयकमा भएका धेरै प्रावधान पहिलो दृष्टिमा नै संविधानविपरित देखिएको बताए ।

नेकपाभित्र श्रेष्ठ वैचारिक नेताका रुपमा परिचित छन् भने रावल संबिधान र कानुनका ज्ञाता मानिन्छन । यी दुई नेताको बैचारिक युद्धले नेकपाभित्रको दुई धार प्रष्ट पार्छ ।