दारी ग्याङ धनगढीद्वारा फाउन्डेसनलाई सहयोग

हिमाल पोस्ट / कैलाली । सामाजिक कार्यमा अग्रसर रहदै आएको दारी ग्याङ धनगढीले एक फाउन्डेसनलाई सहयोग गरेको छ । नेपाली चलचित्र ‘जात्रै जात्रा’ को च्यारेटी सो मार्फत सङ्कलन भएको रकमबाट ३४ हजार बराबरको सामान धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सोमबार हस्तान्तरण गरेको हो ।
जेठ ३ गते जोशी टाकिजमा भएको चलचित्रको च्यारिटि सो बाट संकलन भएको ७४ हजार रकमबाट खर्च कटाई ३४ हजार बराबरको दराज, प्रिन्टर, बुफर लगायतका सामान हस्तान्तरण गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले जानकारी दिए ।
सहयोग ग्रहण पछि दृष्टि फाउन्डेसन सञ्चालक कल्पना भट्टले दारी ग्याङले विगतमा पनि धेरै सहयोग गरेको बताइन् । सरकारबाट आर्थिक सहयोग नपाइरहेको बेला विभिन्न संघसस्थाबाट सहयोग पाउँदा खुसी लागेको बताउदै भट्टले दारी ग्याङलाई धन्यवाद व्यक्त गरिन ।

