दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने पक्राउ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने पक्राउ



काठमाडौं -‘दश लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिन्छु’ भनेर सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाण्डुको टोलीले सोमबार दिउँसो डिल्लीबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्‍चालन गरिरहेका लालबहादुर तामाङ रहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला’ भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा ‘दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने’ भन्‍दै प्रतिक्रिया दिएका थिए । एसएसपी थापाका अनुसार उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको छ ।