प्रधानमन्त्री ओली विरुद्ध खनिए नेपाल - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

प्रधानमन्त्री ओली विरुद्ध खनिए नेपाल



दाङ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको गुनासो पोखे ।

दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको बताए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने,‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन, पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो।’