मेसिनमा परेर कैलालीमा साढे ३ वर्षिय बालकको ज्यान गयो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मेसिनमा परेर कैलालीमा साढे ३ वर्षिय बालकको ज्यान गयो



कैलाली । कैलालीमा मेसिनमा परेर साढे ३ वर्षिय बालकको ज्यान गएको छ । आइतबार दिउँसो लम्कीचुहा नगरपालिका -२ मोतिपुरमा काठको भुसा पेल्ने मेसिनमा परेर स्थानिय रवि कडायतका छोरा आयुस कडायतको मृत्यु भएको हो ।

घर नजिकै रहेको भुस्सा बाट कोईला बनाउने मिलमा पस्दा मिलमा पिसिएर कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।