बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ



बुटवल– सशस्त्र प्रहरी बल ४१ नम्बर गुल्म (औद्योगिक सुरक्षा) बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका छन् ।

सामान्य व्यापार गरेर जीविक चलाउने व्यक्तिसँग मासिक रुपमा नगद नबुझाए व्यवसाय बन्द गरिदिने धम्की दिएर घुस रकम उठाउने क्रममा सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो ।

केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।