काठमाडौंको टोखामा गोलि चल्यो- एक जना नियन्त्रणमा
काठमाडौं -काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोली हानेर काले भन्ने विष्णु भुजेललाई नियन्त्रणमा लिएको बताइएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले टोखामा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि जाइलागेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको एसएसपी सहकुल थापाले बताए।
पुर्व एआइजी जयबहादुर चन्द, विश्वराज शाहीको घरको डकैती गरेर समातिएका उनी जेलबाट जुटेपछि ७ स्थानमा डकैती गर्न भ्याएका थिए।
उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

