नेटवर्किङप्रति आक्रामक प्रहरी- थप सात जना पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेटवर्किङप्रति आक्रामक प्रहरी- थप सात जना पक्राउ



काठमाडौँ – एक साता अघि नेटवर्किङ कम्पनीको नाममा ठगी गरेको भन्दै पक्राउ परेका १२ जना भारतीयसँग कनेक्सन देखिएको भन्दै आइतबार थप सात जना भारतीय पक्राउ गरिएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनिहरुलाई ठमेलबाट पक्राउ गरेको हो। प्रहरीले उनिहरुको साथबाट ४३ लाख नेपाली रुपैयाँ पनि बरामद गरेको छ। ‘ यी समूहको कनेक्सन हेर्ने काम भईरहेको छ। सम्बन्ध हुन सक्ने प्रमाणहरु भएको सुचना छ’, काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

यसअघि १२ जना भारतीय काठमाडौँको होटल याक एण्ड यतिबाट पक्राउ परेका थिए। उनिहरुले दुबईको इन्टरनेसनल साइन ग्रुपको नाममा नेपालीलाई ठगिरहेको प्रहरीको दावी छ।