हलिउड स्टार आर्नोल्ड स्वार्चनिगरमाथि आक्रमण - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

हलिउड स्टार आर्नोल्ड स्वार्चनिगरमाथि आक्रमण



अफ्रिका, । दक्षिण अफ्रिकामा हलिउड स्टार आर्नोल्ड स्वार्चनिगरमाथि आक्रमण भएको छ।

दक्षिण अफ्रिकामा आर्नोल्डकै निम्ति समर्पित गरेर आयोजना गरिएको एक खेल कार्यक्रममा उनीमाथि आक्रमण भएको हो । ७१ वर्षीय आर्नोल्ड ‘आर्नोल्ड क्लासिक अफ्रिका स्पोर्टिङ इभेन्ट’मा अतिथिका रुपमा पुगेका थिए। आर्नोल्डमाथि एक व्यक्तिले लात्ती प्रहार गरेका हुन् । उनलाई बडिबिल्डरहरु प्रेरणाका स्रोत मान्छन् । उनी एक महान बडिबिल्डर हुन् । उनले सन् १९७० देखि १९७५ सम्म लगातार ६ पटक मिस्टर ओलम्पिया बडिबिल्डर प्रतियोगिता जितेका थिए ।

त्यसैले विश्वभर उनको नामबाट प्रत्येक वर्ष बडिबिल्डिङ प्रतियोगिता हुने गर्दछ। अफ्रिकामासमेत यस कार्यक्रम आयोजना भयो। आर्नोल्डमाथि लात्ती प्रहार भएको भिडियो सार्वजनिक भएको छ । विश्वभरबाट यस आक्रमणको निन्दा भएको छ। उनले यस घटनापछि उक्त कार्यत्रममा उपस्थित व्यक्तिहरुलाई खेलमा ध्यान दिन र गलत कार्य नगर्न सुझाव दिएका थिए ।

आर्नोल्ड एक बडिबिल्डर मात्र होइनन्। उनी सफल अभिनेता र राजनीतिज्ञ समेत हुन् । आर्नोल्डले सन् २००३ देखि २०११ सम्म लगातार रिपब्लिकन पार्टीतको तर्फबाट क्यालिफोर्नियाको गर्भनरको रुपमा काम गरेका छन्।

आर्नोल्ड हलिउड स्टार हुन् । उनले टर्मिनेटर, प्रेडेटर, कमान्डो, द एक्सपेन्डेबलजस्ता विश्वचर्चित चलचित्रमा काम गरेका छन् ।

एजेन्सी