कैलालीमा आगलागी अपडेट : एक करोड भन्दा बढीको क्षति - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कैलालीमा आगलागी अपडेट : एक करोड भन्दा बढीको क्षति



विशाल पाण्डेय / सुखड,कैलाली ।
शुक्रबार दिउँसो कैलालीको बर्दगोरिया गाउँपालिका -१ बौनियामा एक बिजुलि पसलको गोदाममा आगलागी हुँदा करिब १ करोड ३० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट बौनियाको पि एन सेल्स पोइन्टको गोदाममा राखिएको फ्रीज ,पंखा, एसि लगायतका विद्युतिय उपकरण जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

गोदामको लागि प्रयोग गरिएको रविन्द्र कुवरको दुई तले नयाँ पक्कि घरमा पनि क्षति भएको छ । बमको घर गोदामका लागी पि एन सेल्स पोईन्टका संचालक प्रकाश नाथले भाडामा लिएका थिए ।

घोडाघोडी नगरपालिका,लम्की चुहा नगरपालिका र टिकापुर नगरपालिका गरि ३ वटा दमकल , प्रहरी तथा स्थानीयहरुको प्रयासमा करीब २ घन्टा पछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको खास कारण नखुलेपनी विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।