यहीँ हो मदन भण्डारी दुर्घटना भएको जीप - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

यहीँ हो मदन भण्डारी दुर्घटना भएको जीप



काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी एवं संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा परी २०५० साल जेठ ३ गते चितवको दाशढुंगामा निधन भएको थियो ।

पोखराको कार्यक्रम सकेर चितवन जाँदै गर्दा दाशढुंगा भन्ने स्थानबाट जीप त्रिशुली नदीमा खसेको थियो । बा.अ.च. ८७२३ नम्बरको जीपमा सवार दुई नेताको निधन भएको थियो भने चालक अमर लामा जीवित थिए ।

जीवराज आश्रितको शव जीपमै भेटियो तर मदन भण्डारीको शव भने तीन दिनपछि मात्र फेला परेको थियो । तेस्रो दिन चितवनको गुञ्जनगरस्थित गाँजीपुरनजिक नदी किनारमा एउटा शव भेटियो, जुन शव मदन भण्डारीको थियो ।

दुर्घटनाग्रस्त उक्त जीप अहिले मोरङको उर्लाबारीस्थित मदन भण्डारी संग्रहालयमा राखिएको छ ।