नेकपाको जनवर्गीय संगठनको यस्तो छ नाम र नेतृत्व (नामावली सहित) - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नेकपाको जनवर्गीय संगठनको यस्तो छ नाम र नेतृत्व (नामावली सहित)



काठमाडाैँ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको एक वर्ष पूरा भएको दिन शुक्बार जनवर्गीय संगठनको नेतृत्व घोषणा भएको छ । बिहीबार बसेको नेकपाको सचिवालय बैठकले २२ वटा जनसंगठन रहने निर्णय गरेको थियो । जनसंगठनको एकताको घोषणासँगै अब एकताका केही काम बाँकी भएको छ । यस विषयमा नेकपाले प्रदेश, जिल्ला र स्थानीय तहको पार्टी कमिटीको एकता सम्पन्न गरेको छ ।

सम्भवतः यही जेठ ५ गते बस्ने सचिवालयको अर्को बैठकले एकताको सबै काम सम्पन्न गरी पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन समेत गर्नेछ । नेकपाले मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा बल्खुमा गरेको कार्यक्रममा जनसंगठनको एकतापछिको नाम र संयोजक र सहसंयोजकको नाम समेत घोषणा गरेको छ । जस अनुसार जनसंगठनको नाम र नेतृत्वको नाम यस्तो रहेको छ ।

यी हुन जनवर्गीय संगठन र जिम्मेवारी पाउने व्यक्ति

प्रेस संगठन नेपाल

संयोजकः महेश्वर दाहाल (माओवादी)

सहसंयोजकः गणेश बस्नेत (एमाले)

अखिल नेपाल किसान महासंघ

संयोजकः वामदेव गौतम (एमाले)

सहसंयोजकः चित्रबहादुर श्रेष्ठ (माओवादी)

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)

संयोजकः ऐन महर (एमाले)

सहसंयोजकः रन्जित तामाङ (माओवादी)

युवा संघ नेपाल

संयोजकः रामप्रसाद सापकोटा दीपशिखा (माओवादी)

सहसंयोजकः रमेश पौडेल (एमाले)

अखिल नेपाल महिला संघ

संयोजकः अमृता थापा (माओवादी)

सहसंयोजकः सीता पौडेल (एमाले)

ट्रेड युनियन महासंघ नेपाल

संयोजकः विनोद श्रेष्ठ (एमाले)

सहसंयोजकः जगत सिम्खडा (माओवादी)

पेशागत महासंघ नेपाल

संयोजक: विश्वनाथ प्याकुरेल (एमाले)

सहसंयोजकः दयाराम बस्याल (माओवादी)

खेलकुद महासंघ

संयोजकः पुरुषोत्तम पौडेल (एमाले)

सहसंयोजकः शिव कोइराला (माओवादी)

जनसांस्कृतिक महासंघ

संयोजक: खेगन्द्र राई (एमाले)

सहसंयोजकः सरल सहयात्री (माओवादी)

नेपाल बुद्धिजीवी संगठन

संयोजक: डा. दिनेशचन्द्र देवकोटा (एमाले)

सहसंयोजकः कृष्ण केसी (माओवादी)

नेपाल मुस्लिम संगठन

संयोजक: सराज अहमद फारुखी (एमाले)

सहसंयोजकः अतहर हुसेन (माओवादी)

नेपाल दलितमुक्ति संगठन

संयोजक: तिलक परियार (माओवादी)

सहसंयोजकः बोमबहादुर विश्वकर्मा (एमाले)

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन

संयोजक: धनबहादुर चन्द (एमाले)

सहसंयोजकः माओवादीले नाम दिन बाँकी

मानवअधिकार तथा सामाजिक अभियान नेपाल

संयोजक: मीनबहादुर शाही (एमाले)

सहसंयोजकः हुकुम पोखरेल (माओवादी)

अपांगता संगठन नेपाल

संयोजकः इन्द्रमाया गुरुङ (माओवादी)

सहसंयोजकः रामप्रसाद ढुंगाना (एमाले)

नेपाल कानुन व्यवसायी संगठन

संयोजकः रुद्र नेपाल (एमाले)

सहसंयोजकः दीनमणि पोखरेल (माओवादी)

नेपाल उद्योग व्यवसायी महासंघ

संयोजकः लक्ष्मीदास मानन्धर (एमाले)

सहसंयोजकः श्याम पाठक (माओवादी)

नेपाल निर्माण व्यवसायी संगठन

संयोजक: यज्ञध्वज कार्की (एमाले)

सहसंयोजकः शिव चौलागाई (माओवादी)

आदिवासी जनजाति महासंघ

संयोजकः सुरेश आलेमगर (माओवादी)

सहसंयोजकः शेरबहादुर तामाङ (एमाले)

भूमिहीन सुकम्बासी संगठन

संयोजक: रामप्रीत पासवान (एमाले)

सहसंयोजकः पदम देवकोटा (माओवादी)

इन्जिनियर एशोसियन नेपाल

संयोजक: शम्भुबहादुर श्रेष्ठ (एमाले)

सहसंयोजकः डा. हरिराम पराजुली (माओवादी)

प्रवासी नेपाली मञ्च भारत

संयोजकः लोकनाथ भण्डारी (एमाले)

सहसंयोजकः ईश्वरी भण्डारी (माओवादी)