मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोज्न सुरु गर्यौ :गृहमन्त्री थापा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोज्न सुरु गर्यौ :गृहमन्त्री थापा



काठमाडाैँ। गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गरेका छन् ।

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने दाबी गरे ।

मन्त्री थापाले हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरे पनि त्यो कसरी अघि बढ्दै छ भन्नेबारे भने केही पनि खुलाएनन् ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

२६ वर्षअघि भएको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।