आफ्नो बिहे बारे यसो भन्छिन आलिया - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

आफ्नो बिहे बारे यसो भन्छिन आलिया



एजेन्सी । बलिउडमा पछिल्लो समय विवाहको माहौल चलिराखेको छ । प्रियंका चोपडा, दीपिका पादुकोण, सोनाम कपुरजस्ता अभिनेत्रीहरुले घरजम गरे ।

आलिया भटले पनि विवाह गर्ने व्यापक हल्ला चलिरहेको थियो । केही दिनको बिदामा युरोप टुर गएकी आलियाले रनवीर कपुरसँग विवाह गर्न लागेको हल्ला फैलिएको थियो ।

युरोप टुरबाट मुम्बई फर्किएकी उनले विवाहको कुरा हल्ला भएको बताएकी छिन् । युरोपमा विवाह गर्ने कुनै तयारीका साथ नगएको उनले बताएकी छिन् । विवाहका लागि अझै केही वर्ष आफु तयार नरहेको उनले बताएकी छिन् ।

विवाहका लागि अझै केही वर्ष सोच नरहेको र बलिउड करिअर महत्वपुर्ण रहेको उनले बताएकी छिन् । रनवीरबारे उनले बोल्न भने चाहिनन् ।