काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार



काठमाडौं– काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।