माधव नेपालले भने ५५ प्रतिशत मत पाएका हौं, दुईतिहाइको घमण्ड नगरौं - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

माधव नेपालले भने ५५ प्रतिशत मत पाएका हौं, दुईतिहाइको घमण्ड नगरौं



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्नु नहुने धारणा राखेका छन् ।

पार्टी निकट युवा संगठनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिए । उनले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोधसमेत गरे।