प्रधानमन्त्री ओली फर्कदा विमानस्थलमा आधा घन्टा उडान ठप्प हुने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रधानमन्त्री ओली फर्कदा विमानस्थलमा आधा घन्टा उडान ठप्प हुने



काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकाएर आज(बुधबार) साँझ स्वदेश फिर्ता हुँदैछन्। प्रधानमन्त्री ओलीसहितको भ्रमण टोली साँझ ७ बजेर ५ मिनेटमा नेपाल एयरलाइन्सको ‘एयरबस-३२०’ मार्फत नेपाल आउन लागेका हुन्।

बैसाख २६ मा नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत भियतनाम गएका प्रधामन्त्री साेमबार मात्रै भियतनामबाट कम्बोडिया पुगेका थिए।

प्रधानमन्त्रीको स्वदेश फिर्तासँगै देशको हवाई क्षेत्रपनि प्रभावित हुने भएकाे छ। प्रधानमन्त्रको स्वदेश फिर्ता हुने समय भन्दा १५ मिनेट अगाडि नै सबै उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसहितकाे विमान अवतरणलाई लिएर ३० मिनेट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण पूर्णरुपमा ठप्प हुनेछ। प्रधानमन्त्री भ्रमणमा जानुअघि पनि ३० मिनेट सेवा ठप्प हुने भनिएपनि ड्रुक एयरलाइन्सकाे विमानकाे आकस्मिक अवतरणले ४५ मिनेटभन्दा बढी विमानस्थलकाे उडान सेवा राेकिएकाे थियाे।

यसअघि भिभिआइपी उडान तथा अवतरणका क्रममा ४५ मिनेट विमानस्थल बन्द गरिँदै आएकाे भएपनि यात्रुकाे चाप तथा सेवालाई मध्यनजर गर्दै प्रधानमन्त्री भियतनाम जाँदा भने ३० मिनेट मात्रै सेवा ठप्प पार्ने जनाइएकाे थियाे।