अक्षयलाई भिलेन अभिमन्यूको टक्कर - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

अक्षयलाई भिलेन अभिमन्यूको टक्कर



एक्शन मास्टर तथा निर्देशक रोहित शेट्टीको निर्देशित नयाँ सिनेमा ‘सूर्यवंशी’मा खेल्ने खलनायकको टुङ्गो लागेको छ। सिनेमामा अक्षयलाई अभिमन्यू सिंहले टक्कर दिनेछन्।

उनी पछिल्लो समय श्रीदेवी अभिनित अन्तिम सिनेमा ‘मम’मा मूख्य खलनायक बनेका थिए। खलनायकका रूपमा उनी राम्रो प्रशंसा पाएका अभिनेता हुन। पर्दामा खलनायकका रूपमा उनि खतरनाक देखिने गर्छन्।

हाल सिनेमाको सुटिङ चलिरहेको छ। अभिमन्यूले अक्षयसँग सुटिङ् गर्दा मजा आइरहेको बताएका छन्।

‘अक्षय र रोहित सरसँगको सुटिङ् अनुभव धेरै राम्रो रह्यो’, अभिमन्यूले भने।