विवाहमा दुई समूहबीच झडप, एक युवकको हत्या - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विवाहमा दुई समूहबीच झडप, एक युवकको हत्या



दैलेख । विवाहमा दुई समूहबीच भएको झडप हुँदा एक युवकको हत्या भएको छ ।

आफन्तको विवाहमा गएका ३२ वर्षीय प्रेमबहादुर थापाको दुई समूहबीच भएको झडपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

स्थानीय पहलसिं सारु र दानबहादुर थापाको समूहबीच मदिरा सेवन गरेर झगडा हुँदा राति १२ बजे थापाको हत्या भएको लेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।

मृतकको शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पताल पठाइएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोखरेलको भनाइ छ ।फाईल तस्विर