ओखलढुङ्गामा १६ वर्षीया किशोरी बलात्कृत
काठमाडौं । ओखलढुङ्गामा १६ वर्षीया किशोरीको बलात्कार भएको छ ।
लिखु गाउँपालिका–३ बस्ने १६ वर्षीया किशोरीको गत चैत ७ गते बलात्कार भएको हो ।
बलात्कारको अभियोगमा सोही स्थान बस्ने ५५ वर्षीय बिष्णु कुमार श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरी फरार भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा मानेभञ्ज्याङ गाउँपालिका–७ मा फेला पारी प्रक्राउ गरिएको ओखढुङ्गा प्रहरीले जनाएको छ ।

