टीकापुरको लम्कीपुलमा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

टीकापुरको लम्कीपुलमा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु



कैलाली – जिल्लाको टीकापुर नगरपालिका–१ लम्कीपुलमा मङ्गलबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरअनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–५ पथरैयाका ३५ वर्षीय धनबहादुर चौधरी रहेका छन् । आफैले चलाएको से १ त १११६ नम्बरको ट्र्याक्टर बिहान साढे ७ बजे दुर्घटना भएको थियो।

इँटा बोकेर नारायणपुरतर्फ गइरहेको ट्र्याक्टर लम्कीपुलबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।