धमलाको कार्यक्रममा फेरि हात हालाहाल (भिडियोसहित)

काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुबीच बाझाबाझ गरेको एउटा काण्ड सेलाउन नपाउँदै फेरि अर्को काण्ड दोहोरिएको छ । “जनता जान्न चाहन्छन्” कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता सुमनराज प्याकुरेल र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीच बाझाबाझपछि हात हालाहालको स्थिति सिर्जना भएको छ ।
यसअघि प्राइम टिभीबाट प्रशारण भएको धमलाको कार्यक्रममा नेकपाका सत्यनारायण मण्डल र कांग्रेसका रामकृष्ण यादवबीच कुटाकुट भएको थियो । संयोग कस्तो भने यस अघिको अन्तर्वार्तामा मण्डल सप्तरीका सांसद थिए भने रामकृष्ण यादव धनुषाका नेता हुन् ।
भिडियो –

