मौसमको बितण्डा - सुरक्षित रहन विभागको आग्रह - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मौसमको बितण्डा – सुरक्षित रहन विभागको आग्रह



काठमाडौं : आज काठमाडौं उपत्यकासहित देशका केहि भूभागमा मौसम बदली भई मेघ गर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यस क्षेत्रका केहि ठाउँमा छिटफुट वर्षाको सम्भावना पनि रहेको मशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए। दिउँसो मौसम खुल्ने र साँझपख पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद रिमालको भनाइ छ।

मध्यक्षेत्रका केहि स्थानमा र पूर्वी तराईमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका लागि सतर्क रहन विभागले भनेको छ। साेमबार राति पनि देशभरि आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।