स्वदेश फर्किए लामिछाने,विमानस्थलमा भव्य स्वागत
काठमाडौं। स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर स्वदेश फर्किएका छन् ।
सन्दीप आइतबार ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
लामिछानेले आईपीएल आफ्नो लागि गएको वर्षभन्दा यो वर्ष उपलब्धीपूर्ण भएको बताए ।
दिल्ली क्यापिटल्सबाट गत वर्षदेखि आईपीएल खेल्दै आएका उनले यो सिजनमा जम्मा ६ खेलमा खेल्ले अवसर पाएका थिए ।
१६ खेल खेलेको दिल्ली क्यापिटल्सले सन्दीपलाई जम्मा ६ खेलमा मात्र मैदानमा उतारेको थियो । ६ खेल खेलेका उनले ८ विकेट लिएका थिए ।