म्‍युजिक नेपालका सञ्‍चालक पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

म्‍युजिक नेपालका सञ्‍चालक पक्राउ



काठमाडौं-प्रतिलिपि अधिकार मुद्दामा म्‍युजिक नेपालका सञ्‍चालक उज्जवल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो।

चलचित्र मखमली-मखमली२ की निर्मात्री धनमाया सिलवालले उजुरी गरेको थिइन्।

थापाले छायांकनमा रहेको चलचित्रको गीतलाई आफैले म्‍यूजिक भिडियो बनाएर युट्युबमा हालेको निर्मात्री धनमायाको आरोप छ।