बाबुरामको प्रश्न - मुलुक गरिब तर बैंक धनी किन भयो ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बाबुरामको प्रश्न – मुलुक गरिब तर बैंक धनी किन भयो ?



काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गरिब हुने तर बैंक धनी हुने परम्पराको अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन।

प्री-बजेटमा छलफल गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले भने, ‘अहिलेको अवस्थामा १८ प्रतिशतसम्म ब्याज लगाएपछि उद्योग धन्दामा कसले लगानी गर्छ? त्यसैले र्‍याडिकल सुधार गर्नैपर्छ। राम शाहको पालामा १० प्रतिशतभन्दा बढी नलिने व्यवस्था थियो। अझ सहकारीहरूले त बढी लिन्छन् भन्ने सुनिएको छ। यो ठिक भएन।’

डा. भट्टराईले बैंकहरूको ब्याजदर दुई अंकमा जान दिनु नहुने बताए। उनले सुझाव दिए, ‘हामीले यसरी सुधार गर्‍यौँ भने मात्रै पुँजी र औद्योगिक सुधार हुन्छ।’

ब्याज धेरै दिने नियममा परिवर्तन गरिएन भने पुँजी बैंकमा जाने तर उद्योग तथा लागनीमा नजाने उनको धारणा थियो। उनले भने, ‘आँट गरेर बैंकिङ क्षेत्रको सुधार गर्नुपर्छ।’

त्यसैगरी जल, जंगल र जमिनको स्वामित्व सरकारले लिनुपर्ने पनि भट्टराईको धारणा थियो। उनले व्यक्तिलाई भोग चलनको अधिकार दिएर यो नीति लिनुपर्ने धारणा राखे। ‘पानी, जंगल, आकाश, खनिज र जमिनका सम्बन्ध सुधार्न सकेनौँ भने अर्थतन्त्रले उडान भर्न सक्दैन’, भट्टराईको भनाइ थियो।

सरकारले कुनै पनि विकास र पूर्वाधार बनाउन खोजे त्यसले रोक्ने धारणा राखेका थिए। उनले भने, ‘जमिन ओगटेर बस्ने प्रवृत्ति रोक्नुपर्छ। सरकारले चालेका कदममा संकेतहरू छन् तर अझै जोड पुगेको छैन।’