मौसम विभाग भन्छ - हावाहुरी र चट्याङसहित वर्षा हुनेछ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मौसम विभाग भन्छ – हावाहुरी र चट्याङसहित वर्षा हुनेछ



आज देखि तीन दिन अर्थात् सोमबारसम्म देशभर मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाद्वारा प्रकाशित बुटेलिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ। यो क्रम राति पनि जारी रहनेछ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो स्थानीय र पश्चिमी वायुको प्रभाव हो। भोलि आइतबारदेखि यो अझ सक्रिय हुने उनको अनुमान छ।

‘दिउँसोपछि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने देखिएको छ,’ उनले भनिन्, ‘त्यस्तो डराउनैपर्ने खालको त होइन, प्रि–मनसुनमा आउने किसिमको हावाहुरी र वर्षा हो।’