खोलामा डुबेर कैलालीमा दुई बालकको ज्यान गयो
कैलाली । कैलालीमा खोलामा डुबेर २ बालकको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका- ७ को रोरा खोलामा डुबेर दुई बालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा परशुराम चौधरीका ९ वर्षीय छोरा समर चौधरी र मनोज चौधरीका ९ वर्षीय छोरा सुदिप चौधरीको नुहाउने क्रममा खोलामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।
जिटी फारवेष्टन एकेडमीमा कक्षा चारमा अध्ययन गर्ने दुबै बालकको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

