होटेल याक एण्ड यतिबाट हाइप्रोफाइका १२ जना भारतीय नागरिक पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

होटेल याक एण्ड यतिबाट हाइप्रोफाइका १२ जना भारतीय नागरिक पक्राउ



काठमाडाैँ। प्रहरीले होटेल याक एण्ड यतिबाट हाइप्रोफाइका १२ जना भारतीय नागरिक पक्राउ गरेको छ ।

दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, महानगरिय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।