बझाङमा जिप दुर्घटना ,एकको घटनास्थलमै मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बझाङमा जिप दुर्घटना ,एकको घटनास्थलमै मृत्यु



बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रबार बेलुका से१ज ७७६ नंको जिप दुर्घटना हुँदा सोही नगरपालिका–११ का स्थानीयवासी ३० वर्षीया भगवती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जोशी चैनपुरबाट घर पुगेर जिपबाट ओर्लदा जिप पछाडि सरेपछि किचेर मृत्यु भएको स्थानीयवासीको आरोप छ । घटनाबारे थप अुनसन्धान भइरहेको र जिपका चालक भने दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।