रेडियोकर्मी श्रेष्ठको निधन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रेडियोकर्मी श्रेष्ठको निधन



काठमाडौँ – चर्चित रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफएममा कार्यरत श्रेष्ठको शुक्रबार राति उपचारको क्रममा ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

४५ वर्षका उनी लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट ग्रस्त थिए । श्रेष्ठ विक्रम संवत २०५६ सालदेखि इमेज एफएमको स्टेशन म्यानेजर रहेका थिए ।

गीतकार तथा संगीतकार रुपमा पनि आफ्नो पहिचान बनाएका उनले विभिन्न म्युजिक भिडियो निर्देशन समेत गरेका छन् । उनका श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।