एक लाख अमेरिकी डलर सहित भारतीय महिला पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एक लाख अमेरिकी डलर सहित भारतीय महिला पक्राउ



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार सोनीले ब्यागमा लुकाएर उक्त डलर लुकाएर ल्याएकी थिइन् ।