बाजुरामा ट्र्याक्टर दुर्घटना - एकको मृत्यु , दुई घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बाजुरामा ट्र्याक्टर दुर्घटना – एकको मृत्यु , दुई घाइते



बाजुरा – बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्तडीबाट कोल्टी जाँदै गरेको लु ४ त ७८१ नम्बरको बूढीनन्दा नगरपालिका ५ को दान सागु भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका- ७ का २१ वर्षीय डपेन्द्र खड्का रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा कैलालीको घोडाघोडी नगरपालिका -१० का १९ वर्षीय ट्र्याक्टर चालक खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउँपालिका ३ का प्रकाश शाहि रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको कोल्टीमा उपचार भइरहेको छ ।