नियम मिचेर गोप्य रूपमा ३३४ पम्पलाई अनुमति - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

नियम मिचेर गोप्य रूपमा ३३४ पम्पलाई अनुमति



हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं ।

नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ।

व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ।‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,‘उक्त निर्णयको वेवास्था गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ।

अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन्। नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ। नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ।

उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएका हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।