एकान्तकुनामा भ्यानको ठक्करबाट एकको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एकान्तकुनामा भ्यानको ठक्करबाट एकको मृत्यु



ललितपुर – ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा २१ च १३३३ नम्बरको भ्यानले बिहीबार राति ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भ्यानको ठक्करबाट घाइते भारत घर भई काठमाडौंको कुलेश्वर बस्दै आएका ३५ वर्षका अमरे आलमको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

सोही भ्यानको ठक्करबाट घाइते भएका पैदलयात्रीको मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ । उनको परिचय खुलेको छैन । भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।