सलमान खानका कारण नाम परिवर्तन गरेकी अभिनेत्री - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सलमान खानका कारण नाम परिवर्तन गरेकी अभिनेत्री



अभिनेत्री कायरा अद्वनीको वास्तविक नाम आलिया हो। तर, उनी अहिले कायराको नामले बलिउडमा चिनिन्छिन्।

उनले बलिउड हिरो सलमान खानका कारण पर्दाको नाम परिवर्तन गरेको बताउँछिन्।

बलिउडमा दुइ हिरोइनको नाम आलिया हुने भएपछि अद्वनीलाई सलमानले नाम बदल्न सुझाव दिएको उनले बताइन्।

‘आलिया मेरो प्रथम नाम हो। सलमानले मलाई नाम परिवर्तन गर्न सुझाव दिनुभयो। किनभने बलिउडमा यो नामको अर्कै अभिनेत्री छिन् आलिया भट्ट’ उनले सुनाइन्।

त्यसैले उनले आफ्नो नाम ‘कायरा’ बनाइन्। उनका परिवारसमेत अहिले उनलाई त्यही नामले बोलाउन थालेको कायरा बताउँछिन्।

सन् २०१४ मा ‘फुग्ली’बाट बलिउडमा डेब्यू गरेकी कायराले ‘एम एस धोनी’, ‘मसिन’, ‘लस्ट स्टोरिज’, ‘कलंक’मा अभिनय गरिसकेकी छिन्। उनको वास्तविक नामबारे यो खुलासा भएपछि बलिउड मिडियामा उनी छाएकी छिन्।