काङ्ग्रेसकाे जागरण कार्यक्रममा जिल्ला नेताहरूबीच कुटाकुट

काठमाडौँ – नेपाली काङ्ग्रेसका जागरण कार्यक्रममा जिल्ला नेताहरूबीच कुटाकुट भएको छ । सिन्धुपाल्चोकको जागरण कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताबीच कुटाकुट भएको हो ।
काङ्ग्रेसले सदरमुकाम चौतारामा बिहीबार बिहान जागरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम चलिरहेकै बेला दुई पक्षबीचको विवादमा कुटाकुट भएको हो । जागरण कार्यक्रममा दुई पक्षबीच कुटाकुट भएपछि प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी मुठभेड हुनबाट रोकेको थियो ।

