एकताको साता नपुग्दै समाजवादी पार्टीको कन्तबिजोग - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एकताको साता नपुग्दै समाजवादी पार्टीको कन्तबिजोग



काठमाडौँ – सङ्‌घीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीचको एकीकरण प्रति असन्तुष्टि जनाउँदै तत्कालीन नयाँ शक्तिकी एक केन्द्रीय सदस्यले पार्टी छाडेकी छिन् । नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक बुधबार नेकपामा प्रवेश गरेकी हुन् ।

नेकपा केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमकाबीच नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल लगायतले स्वागत गरे ।

अर्को तर्फ तत्कालीन सङ्‌घीय समाजवादी पार्टीका असन्तुष्ट नेताहरूले छुट्टै भेला आयोजना गरेका छन् । काठमाडौँमा बुधबार गरेको भेलामा झण्डै ३० जना जति असन्तुष्ट नेताहरू उपस्थित थिए । असन्तुष्टहरूले अहिले नै पार्टी छाड्ने भन्दा पनि एक पटक नेतृत्वसँग कुराकानी गरेर मात्रै यस विषयमा निर्णय गर्ने निर्णय गरेका छन् । मदन राई, पूर्व मन्त्री कल्पना धमला लगायतका नेताहरूले बाबुराम भट्टराईलाई एकपटक ज्ञापन बुझाउने र त्यसपछिको अवस्था हेरेर थप निर्णय गर्ने बताएका छन् ।