एकता लगत्तै बाबुरामलाई झट्का
काठमाडौं -डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँशक्ति पार्टीले फोरमसँग एकता गरेपछि सो समूहमा असन्तुष्टि बढेको छ । असन्तुष्टहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।
भेलामा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।
भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् ।
असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ ।