नागरिकता वितरण तत्काल रोक्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता वितरण तत्काल रोक्न आदेश दिएको छ । अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मलता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले सबै जिल्लाप्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । सो परिपत्रको विरोध गर्दै अधिवक्ता न्यौपानेले रिट दायर गरेका थिए ।
नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा २० वर्ष बसोवास गरेका नागरिकलाई जन्मको आधारमा नागरिकता वितरण गरेको थियो । त्यस्ता नागरिकको संख्या १ लाख ९६ हजार भन्दा बढी रहेको गृहमन्त्रालयको तथ्याङ्क छ ।

